बझाङ, थलारा वडा नम्बर ४ डिखलामा गाउँ नै बगाउने विशाल पहिरो गयो | photo source : Nirajan Rasaili | Bajhang landslide
बझाङमा पहिरोले गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्। डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर पुरिएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका शान्ति माध्यमिक विद्यालयका शिक्षक मदनबहादुर साउदलाई उदृत गर्दै नेपाली संचारमाध्यमले लेखेका छन् । पहिरोपछि तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन माध्यमिक विद्यालयमा बसिरहेका छन् ।